काठमाडौँ । साहित्यकार रञ्जना निरौला प्रतिष्ठित कलिंग साहित्य (युवा) पुरस्कारद्वारा पुरस्कृत भएकी छिन ।
कलिंग साहित्य महोत्सव २०२६ को अवसरमा संस्थाले कलिंग साहित्य पुरस्कार प्रदान गरेको हो ।
१२ औं कलिंग साहित्य महोत्सवको उद्घाटन समारोहमा पुरस्कार प्रदान गरेको हो ।
पुरस्कार तथा उद्घाटन समारोहमा प्रमुख अतिथि तथा ओडिशाका उपमुख्यमन्त्री के वी सिंह देव, श्रीलंकाका ग्रामीण विकास, सामाजिक सुरक्षा र सामुदायिक सशक्तिकरण मन्त्री उपाली पन्निलागे, ओडिशाका ओडिया भाषा, साहित्य र संस्कृति मन्त्री सूर्यवंशी सुरज, राज्यसभाका उपसभापति हरिवंश नारायण सिंह, ज्ञानपीठ पुरस्कार विजेता डा. प्रतिभा रे लगायतको उपस्थिति रहेको थियो ।
भारत र विदेशका प्रख्यात लेखकहरू, विचारकहरू, नीति निर्माताहरू र सांस्कृतिक नेताहरूको उपस्थितिमा भुवनेश्वरमा कलिंग साहित्यिक महोत्सव २०२६ को समयमा औपचारिक रूपमा प्रदान गरिएका यी पुरस्कारहरूको राशी पचास हजार नगदसँगै सम्मानपत्र र ट्रफी रहेका छन् ।
यी पुरस्कारहरूले भारत, दक्षिण एसिया र विश्वभरका साहित्य, अनुवाद, सांस्कृतिक संवाद र युवा आवाजहरूको प्रोत्साहनमा उत्कृष्ट योगदान दिने आशा राखेको छ । सहित्यकार रञ्जना निरौलासँगै, प्रख्यात लेखक डेजी रकवेल र अच्युतानन्द पाटीलाई कलिंग साहित्यिक पुरस्कार प्रदान गरियो ।
१२ औं कलिंग साहित्य महोत्सवमा, प्रसिद्ध उद्योगपति, समाजसेवी र लेखक डा. विनोद चौधरीलाई कलिंग अन्तर्राष्ट्रिय लिभिङ लेजेन्ड पुरस्कार प्रदान गरियो,उक्त पुरस्कार दक्षिण एसिया तथा अन्तर्राष्ट्रिय स्तरमा उद्यम, राष्ट्र निर्माण र सामाजिक रूपान्तरणमा उनको असाधारण योगदानको कदरस्वरूप प्रदान गरिएको हो ।