काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज आंशिक बदली हुने भएको छ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ ।दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ ।
कोसी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

