काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न विभिन्न संगठनहरुले माग गरेका छन् । महासंघको जेठ २६ को लागि तय गरिएको निर्वाचनको मिति नजिकिंदै गर्दा सदस्यता र नामावली टुग्याँएर सार्वजनिक गर्न ढीलाई गरिएको भन्दै प्रेस चौतारी नेपाल,प्रेस सेन्टर नेपाल,समाजवादी प्रेस संगठन नेपाल,प्रगतिशील पत्रकार संघ नेपाल,जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठन ले आज संयुक्त विज्ञप्ती जारी गरेका छन्।