काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५५ रुपैयाँ र तेस्रो वर्गका लागि १५६ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, डिजेलरमट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३५ रुपैयाँ र तेस्रो वर्गका लागि १३६ रुपैयाँ तोकिएको छ ।