
काठमाडौं।लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्य र हास्यव्यङ्ग्य विधामा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान ‘ अर्पण गरे।नगद राशी १०हजार सहितको उक्त सम्मान रहेको थियो ।
नेपाली सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो सम्मान प्रदान गरेको हो।
विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका लुइँटेलनेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यका रूपमा समेत योगदानगरेका छन् ।
लुइँटेलले विभिन्न साहित्यिक पत्रपत्रिकामा कार्यकारी सम्पादकका रूपमा पनि काम गरेका छन्।
दर्जनौँ साहित्यिक संस्थामा संलग्न रहँेका लुइँटेलका हास्यव्यङ्ग्य विधा, गैर–हास्य विधामा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । यसका अतिरिक्त गीतिकाव्य, शोककाव्य, लेखन तथा सहलेखनमार्फत थुप्रै पुस्तकहरू प्रकाशित भइसकेका छन् ।
हाल ‘फित्कौली डट कम’ अनलाइनका सम्पादकको रुपमा उनी रहेका छन् ।
प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै आएको उक्त स्रष्टा सम्मान तथा पुरस्कार यसपटक लुइँटेललाई प्रदान गरिएको हो ।
। कार्यक्रममा प्रा. डा. गोविन्द मान सिंह कार्की तथा उपस्थित साहित्यकारहरूले साहित्यकार लीलाध्वज थापाबारे चर्चा गर्दै उनका उपन्यास बारेमा चर्चा गरे ।
सम्मानित स्रष्टा नरनाथ लुइँटेलले लीलाध्वज थापाको मन उपन्यास सानै उमेरमा भोजपुरमा पढेको , पछि काठमाडौंमा आएपछि पुन दोराएर पढेको र यस उपन्यासमा समाजको सबै पक्ष राम्रोसँग वर्णन गरिएको मौलिक सामाजिक उपन्यास भएको र यसबाट ज्यादै प्रभावितभएको उल्लेख गरे।
कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार कला निधी दहाल, हरिभक्त सिग्देल, डा. अर्जुन देव भट्ट, नरेन्द्रराज पौडेल , डा.बमबहादुर थापा जितालीले सम्मानित स्रष्टालाई बधाई दिनुका साथै उपन्यासकार लीलाध्वज थापाको चर्चा गरे ।
कार्यक्रममा स्रष्टाहरू कुमार नेपाल, विजयध्वज थापा , प्रा.डा. गोविन्दमान सिंह कार्की, डा. बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी , प्रकाश बस्नेत गफाडी, कर्ण दयाल ‘ सोराडी’ ,डा. मेघराज ढकाल, प्रमोद नेपाल, गुप्त बहादुर श्रेष्ठ ,इन्दिरा ढकाल, बद्री उप्रेती, नम्रता उप्रेती कृष्णप्रसाद पौडेल ‘ जस्ताघरे’, मदन प्रसाद नेपाल, मधुसूदनप्रसाद घिमिरे, मीरा काफ्ले पोखरेल, मीरा गजुरेल, सुभद्रा अधिकारी, एन वी जनकपुरी, भानुप्रकाश जोशी, महेशप्रसाद रिजाल, राज रजक, रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, आवेश मिश्र, सुशान्त के.सी., वीरबहादुर लोहनी ,शालिक राम दाहाल, राजेशमान के.सी. , शशीश्री आचार्य, उमा दाहाल, रुपा रिसाल चालिसे, प्रमोद भण्डारी, भोजराज रेग्मी मुखाले ,जीत कार्की, नानु राना थापा, राजेन्द्र खनाल, मदनराज थापा , प्रार्थना खनाल जोशी, भागीरथी भटराई ग्यवाली, प्रदिप नेपाल, बृन्दा ढुंगाना , भुवन दिवाकोटी, लाल बहादुर भुजेलले आ-आफ्नो रचना वाचन गरे ।
कार्यक्रममा दायित्व वाङ्ममय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य प्रस्तुत् गर्दै सम्मानित स्रष्टाको व्यक्तित्व माथि प्रकाशपारे।
वृन्दा ढुंगानाले सहजकर्ताको भूमिका निर्वाह गरेको उक्त कार्यक्रमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म बयासी जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले, आठ जनालाई साहित्य सम्मानले तथा ५०० भन्दा बढीलाई कदर-पत्रले सम्मान गर्न पाउँदाको खुसी व्यक्त गर्नुका साथै उपस्थित सम्पूर्ण स्रष्टाप्रति हार्दिक आभार व्यक्त गरे ।







