
काठमाडौँ । युवा उद्यमी सचिन ढकालले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालले सो कुराको जानकारी दिएका हुन् ।ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस गरेको थियो ।
ढकालले भनेका छन् : ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’
सचिन उद्योगपति चन्द्र ढकालका छोरा हुन् ।

