काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टीबीच एकीकरणको गृहकार्य सुरु भएको छ ।
रेशमलाल चौधरीको नेतृत्वमा एकीकरणका लागि कार्यदल गठन गरेको बताइएको छ ।
रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जसपा तीनवटै दलले सोमबार निर्वाचन आयोगमा संयुक्त रूपमा चकिया (जाँतो) चिह्नबाट लड्ने गरी समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।


