
काठमाडौँ।दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले २०८२ को शङ्कर कोइराला आख्यान पुरस्कार २५,०००. नगद रुपैयाँसहित आख्यानकार मधुवन पौडेललाई, चूडामणि भाषाव्याकरण-कोश पुरस्कार रु.५१,१११. नगद रुपैयाँसहित साहित्यकार तथा भाषासेवी रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी कुमार-सरस्वती समालोचना पुरस्कार नगद राशी रु.२५,०००. समालोचक तथा साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई र रामप्रसाद पन्त वाङ्मय पुरस्कार रु.५५,५५५. नगदराशी सहित साहित्यकार, सम्पादक तथा नाट्यकर्मी किशोर पहाडीलाई समर्पण गर्ने निर्णय गरेको छ ।
यी पुरस्कारहरू आगामी पुस २६ गते काठमाडौँमा एक समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठानले जानकारी गराएको छ।
स्मरणीय छ नेपालमा २०५७ सालमा स्थापना भई भाषासाहित्यका क्षेत्रमा समर्पित संस्थाका रूपमा दायित्व वाङ्मय प्रतिष्ठान परिचित छ ।




