
विराटनगर । छन्द वाटिका नेपाल र स्रष्टा समाज कोशी प्रदेशको संयुक्त आयोजनामा विष्णुमाया पुस्तकालय विराटनगरमा आयोजित कार्यक्रममा कवि शारदा भट्टराईको छन्दोबद्ध कवितासङ्ग्रह ‘छन्द परिदृश्य’ लोकार्पण भयो ।
प्रा.डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सभापतित्व छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलले गरेका थिए ।
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलज्य विशिष्ट अतिथिको रुपमा निम्त्याइएका थिए ।
प्राज्ञ विवश पोखरेल , प्राज्ञ गङ्गा सुवेदी एवम खेम नेपाली विशेष अतिथि रहेको उक्त कार्यक्रममा लोकार्पित कृतिमाथि समीक्षक बाबुराम पोखरेलले चर्चा गरेका थिए ।
कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, राधा सुवेदी ,शारदा कार्की, लगायतकाकविहरूले विमोचित कृतिका कविताहरू बाचन गरे ।
स्वागत मन्तव्य छन्द वाटिकाकी उपाध्यक्ष निर्मला कोइरालाले राखेको उक्त कार्यक्रमको सञ्चालन स्रष्टा समाजकी लक्ष्मी पोखरेलले गरेकी थिइन।
उक्त विमोचित संङ्ग्रहममा शास्त्रीय छन्दका ६१ कविताहरू रहेका छन्।
