काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को प्रतिनिधि सभामा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकमा बोल्दै उनले आफूले उम्मेदवारी नदिने बताएका हुन्।
‘हिजो पुस ९ गते झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामै भनेको छु,’ महामन्त्री शर्माले भने।
यो कुरा आफूले गत वर्ष पुस २१ गते मेचीनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै पनि भनेको उनको भनाइ छ।
‘आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन’ भनेर घोषणा गरेको थिएँ ,तर पनि फेरि पनि सर्वसम्मत सिफारिस गरेकोमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु,। ’ शर्माले भनेका छन् ।