एमाले अध्यक्ष ओली काँग्रेस सभापति देउवा भेट
काठमाडौं।नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् ।
कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका छन् ।
समसामयिक राजनीतिक परिस्थिति बारे भेटमा उनीहरुबीच कुराकानी भएको छ ।
महाराजगन्जमा दुई नेताबीच भएको भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।