काठमाडौँ।नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन् ।
सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् ।
गत निर्वाचनमा चितवन–२ बाट रास्वपा सभापति रवि लामिछानेसँग नवनियुक्त खरेलले प्रतिस्पर्धा गरेकी थिइन् ।
उनलाई तोकिएको समयभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ ।