
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सरकारले लगाएको स्थानहद तत्काल हटाउन माग गरेका छन्।
आज पार्टी कार्यालय च्यासलमा बुझाइएको अवधारणापत्रमा पोखरेलले सरकारले निर्वाचन गराउन शान्तिपूर्ण वातावरण बनाउनुपर्ने भन्दै त्यसका लागि अध्यक्ष ओलीविरुद्ध लगाइएको स्थानहद हटाउनुपर्ने बताएका छन् ।
पोखरेलले भगौडा कैदीबन्दीहरूलाई तत्काल जेलमा फर्काउन र लुटिएका हतियारको स्थिति सार्वजनिक गरी ती हतियारको प्रयोगबाट उत्पन्न हुनसक्ने जोखिम र निर्वाचन बिथोलिन सक्ने सम्भावनाप्रति ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै सुरक्षा निकायको मनोबल उकास्न आवश्यक प्रबन्ध गर्नसमेत उनले माग गरेका छन् ।




