
काठमाडौं ।साहित्य चौतारी झापा, नेपालले आज डालो रेस्टुरेन्ट,काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन गर्यो ।
सो अभिनन्दन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा माननीय कुलपति नारदमणि हार्तम्छालीले प्रदान गर्नु भएको थियो । सोही कार्यक्रममा साहित्य चौतारी झापाको रजत महोत्सवमा अभिनन्दित सर्जक एल पी जोशी र साहित्य चौतारी झापाले अभिनन्दन गरेको नेपाली सङ्गीतिक आकाशका धरोहर गुरुदेव कामतप्रति श्रद्धाञ्जली पनि गर्यो ।
साहित्य चौतारी झापाको संरक्षक सचिव गौरव श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अभिनन्दित सर्जक गणेश रसिकको व्यक्तित्वको बारे वरिष्ठ समालोचक प्रा.डा.गोविन्दमान सिंह कार्कीले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ इतिहासविद् डा.सुरेन्द्र के. सी.वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सङ्गीतकार एवं गायक लोचन भट्टराई, सर्जक मथुरा श्रेष्ठ, अभिनन्दित सर्जक गणेश रसिक, प्रमुख अतिथि माननीय कुलपति नारदमणि हार्तम्छाली, कार्यक्रमका अध्यक्ष गौरव श्रेष्ठ लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो
सस्थाका काठमाडौं सल्लाहकार संयोजक एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा इनेप्लिज डट कम का विश्व थापालाई स्वागत सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा चर्चित सङ्गीतकार, गायक बुलु मुकारुङ, शिशिर योगी, नरहरी प्रेमीले अभिनन्दित सर्जक गणेश रसिक, दिवङ्गत सर्जकहरु एल पी जोशी र गुरुदेव कामतको गीतहरु गाउनु भएको थियो ।

संस्थाले यसपटक लोकगीत संगीत एल पी जोशी साहित्य पुरस्कारू स्थापना गरेको छ भने यसअघि भीमबहादुर पंचकुमारी पुरस्कार, धनमाया विमली पुरस्कार, भानुभक्त माधव घिमिरे पुरस्कार, जेवी आले फोटो पुरस्कार, डिकमान विरही पत्रकारिता पुरस्कार र नारायण गोपाल मदन दिपविम पुरस्कारको स्थापना र सचालन गर्दै आएको छ ।
साहित्य चौतारीको रजत महोत्सव २०८१ असार ३१ गते सर्जकहरुलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको थियो । सो अभिनन्दन ग्रहण गर्न छुट्नु भएका वरिष्ठ सर्जक गणेश रसिकलाई आज अभिनन्दनपत्र हस्तान्तरणको कार्यक्रम गरिएको हो ।


