
विराटनगर । नेपाल स्रष्टा समाज,कोशी प्रदेशको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यमा सम्पन्न सभाले कृष्णप्रसाद भण्डारी ‘मार्सेली’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
उक्त समितिमा लक्ष्मी पोखरेल सचिव,बाबुराम पोखरेल कोषाध्यक्ष चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः हरि कट्टेल,प्रयाग न्यौपाने,मीनकुमार नवोदित,निर्मला कोइराला,पुष्पा सायरा,शारदा भट्टराई,सुजाता राई र निर्मला नेपाल चयन भएका छन् ।
उक्त साधारण सभामा साहित्यकार गोकुल व्याकुलको ‘जीवन,संघर्ष र मृत्यू ‘ आत्मसंस्मरण प्रमुख अतिथि ‘रोदन’ लगायतका उपस्थित अतिथिहरुले लोकार्पण गरेका थिए ।

लोकार्पित कृतिमाथि प्रा.डा.भुषण ढुंगेलले समीक्षा गरेका थिए ।
यसैगरी साधारण सभामा विशिष्ठ अतिथिको रुपमा वरिष्ठ साहित्यकार विवश पोखरेल,प्रा.कविराज न्यौपाने, नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य प्रदीप सापकोटा,सरला चापागाईं,हरि कट्टेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लोकार्पित कृतिका स्रष्टा गोकुल व्याकुलले लेखन गर्भको बारेमा आफ्नो अनुभूति राखेका थिए ।
कृष्णप्रसाद भण्डारी मार्सेलीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा लक्ष्मी पोखरेलले सञ्चालन तथा बाबुराम पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।