काठमाडौं । किताब जात्रा आजदेखि सुरु भएको छ ।
दुई दिनसम्म चल्ने उक्त महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार उद्घाटन गरे ।
आर्मी अफिर्सस क्लब सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरूबारे छलफल हुने आयोजकले जनाएको छ ।
महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरू अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग सिर्जनामा सामाजिक चेतना हिजो र आज नामको छलफल भएको थियो ।
त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दिपेन्द्र गौचन, प्रदीप भट्टराई र ऋचा शर्मासँग सिनेमा मन्थन र नेपाली सिनेमाको सपना शीर्षकमा छलफल हुने आयोजकको भनाइ छ ।