
पूर्ण बहादुर श्रेष्ठ ह्रदयंकृत
१.गाली खाएकै छौ तिमीले अति नै हराम भएर हो
नराम्रो भन्दै सोचेको नियत खराव भएर हो
अझै पनि राम्ररी सोच्नु केही बिग्रिएको छैन्
बिग्रने त प्रश्न एउटा जवाफ भएर हो ।
२.गुनको बदला खुनले पो तिर्न खोज्नु हुन्छ यार
तपाई घाउ भएकै ठाउँमा चिर्न खोज्नु हुन्छ यार
पदिय दायित्व खुव गजवसँग निभाउनु भो
ढोका हुँदाहुँदै झ्यालबाट छिर्न खोज्नु हुन्छ यार ।
३.भनिदिन्छन् कुरै नबुझी केही पनि बाध्य छैन्
पेटभरि खानलाई आफेनो घरमा खाद्य छैन्
समस्यामा जेलिएर कति दिन पो बाँच्ने होला
कसले बुझ्छ पीडाहरु यहाँ भनि साध्य छैन् ।
४.छाला गोरो हुँदैमा मान्छे राम्रो हुँदैन्
बोली खस्रो हुँदैमा मान्छे चाम्रो हुँदैन्
कयौं मान्छे गर्छन् चिल्ला र मीठा कुरा
विचार गर्नु त्यस्ता मान्छे हाम्रो हुँदैन् ।







