कार्तिक २९, जीवनमा अक्सर कठिनाइ र प्रतिकूल परिस्थितिहरू सामना गर्नुपर्ने हुन्छ। तर निराशामा डुब्नु हुँदैन। हाम्रा प्रियजनहरू हामीलाई छोडेर जान्छन्, त्यो बेला हामीले आशा गुमाउनु वा निराशावादी बन्नु हुँदैन। सकेसम्म साहसपूर्वक जीवन अगाडि बढाउन प्रयास गर्नुपर्छ। यसरी जीवन जिउने क्रममा हामीले धर्मको शिक्षा पाउन सक्छौं जसबाट हाम्रो जीवन रूपान्तरित हुनेछ। अतीत त बितिसक्यो, त्यसमा अल्झिने होइन। अहिलेको जीवनलाई निरन्तरता दिनु आवश्यक छ। प्रियजनको वियोगले ल्याएको शोकमा डुबेर बस्नु वा आफ्नो जीवन समाप्त गर्ने सोच राख्नु बिलकुलै अनुचित हो।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ७५-७६ बाट