काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् ।
कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’३० असारमा प्रधानमन्त्री भएका ओलीले आफू सहमतिप्रति प्रतिवद्ध रहेको बताए । यो सरकार मेरो नेतृत्वमा दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु उनले भने ।
शान्ति सुव्यवस्था कायम गरिछाड्ने, भ्रष्टाचार नियन्त्रण गरिछाड्ने, विकास अगाडि बढाइछाड्ने, सुशासन कायम गरिछाड्ने, जनतालाई सकेसम्म उपयुक्त ढंगले सेवा सुविधा उपलब्ध गराउन यो सरकारको निर्माण भएकोले सोही अनुरुप काम गर्न सचिवहरुलाई उनले निर्देशन दिए । कामको आधारमा मूल्याँकन हुने भएकोले आग्रह पूर्वाग्रह नहुने पनि उनले बताए ।
यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र सचिवहरुलाई २ दर्जनभन्दा बढी निर्देशनहरु दिएका छन् ।
मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री अोलीले २ वर्ष आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार भन्ने स्पष्ट गर्दै मूलभूत रुपमा २६ वटा कामहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
त्यसैले कुनै पनि नागरिकलाई लाइन नगरी सहजरुपमा सेवा दिइनुपर्छ ।
सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा त्यसैले कुनै पनि नागरिकलाई लाइन नगरी सहजरुपमा सेवा दिइनुपर्छ ।ढुक्कसँग काम गर्नुस् । सरकारको स्थायित्वको चिन्ता नलिनुस ।तलब र भत्ता पाएकै हुँदा कुनैपनि बैठकमा भत्ता लिने कार्य नगर्न प्रधानमन्त्रीले निर्देशन दिए ।
थालनी भएका कार्यहरुको सम्पन्नतालाई विशेष ध्यान दिनुपर्ने,जलविद्युतको विकास र उपयोग,हामीले सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने ? यसमा ध्यान दिन सक्नुपर्छ उनले निर्देशनको क्रममा भने । सेवाग्राहीका कामहरुमा ढीलासुस्ती आउन नहुने,काममा समन्वय गर्ने लगायतका कुरामा जोड दिए ।
उनको भनाई थियो ‘जिम्मेवारी अरुलाई पन्छाउने रोगबाट मुक्त हुनुपर्दछ । अनावश्यक संरचना र समिति निर्माण गर्न हुँदैन् ।’
दीगो विकास लक्ष्य पुरा गर्न गरिवीको अन्त्य आवश्यक पर्ने भएकोले त्यतातर्फ ध्यान जान आवश्यक भएको उनको जोड थियो । प्रधानमन्त्रीले नियमित वजेट खर्च हुने तर विकास वजेट खर्च नहुने परिपाटीको अन्त्य हुनुपर्ने औल्याए । समयमै किसानहरुले पाउनुपर्नै विमा वापतको रकम,दुध,उखु लगायतका खाद्यान्नहरुको रकम भुक्तानी हुनुपर्ने,कुनैपनि मानेमा किसानलाई मर्का पर्ने कार्य कोही कतैबाट गरिनु नुहने बताए ।
भैसकेको कामको रकम विभिन्न बहानवाजीमा निकासा समयमै नगर्ने र आर्थिक अनुशासनको पालना नगर्ने प्रवृत्तिको अन्त्य गर्ने गरी कार्य गर्न प्रधानमन्त्री ओलीको सचिवहरुलाई निर्देशन थियो ।बनिसकेको धरहरा छिटो सर्वसाधारणको निम्ति सञ्चालनमा ल्याउन पर्ने,हरेक मन्त्रालयले आकर्षक प्रतिवेदन दिनेगरी कार्य गर्नुपर्ने उनले औल्याए विभिन्न दुर्घटनाहरु बढी रहेको तर्फ लक्षित गर्दै उनले सडकको पूर्वाधार बनाउँदा हेक्का राख्न र पानी जहाज र रेल अहिले पनि आफ्नो प्राथमिकतामा परेको बताए । नीजि क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न व्यावसायीका माग सम्बोधन गर्न आग्रह गरे ।





