
पोखरा ।नेकपा (एमाले) कास्कीले शनिबार (कात्तिक १५) पोखरामा मोटरसाइकल र्याली गरेको छ । पार्टीले यो र्यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।
पोखरा सभागृहबाट सुरु र्याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै सहिदचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यकर्ताले पार्टीका झन्डा र ब्यानर बोकेर र्याली गरेका हुन् । उनीहरूले राष्ट्रिय झन्डा पनि बोकेका थिए ।
एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ता र्यालीमा सहभागी थिए ।



