
काठमाडौं।आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शनिबारको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अमेरिकालाई जीतका लागि दुई सय ७२ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनायो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि ४३ रन बनाए । कप्तान रोहितकुमार पौडेलले पनि टोलीको खातामा ३६ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका करण केसीले टोलीको खातामा ४९ रन थपे । सन्दीप लामिछाने चार रनमा अविजित रहे ।
अमेरिकी टोलीका बलर हरमित सिंहले तीन विकेट लिए । सौरभ नेत्रभाल्कर र नोस्थुश केन्जिगेले पनि दुईरदुई विकेट हात पारे । जसदीप सिंह र शुभम रन्जनले एक विकेट लिए ।
नेपालले नवौँ विकेटका रूपमा करण केसीलाई गुमायो । नेपालले अन्तिम विकेटका रूपमा ललित राजवंशीलाई गुमाएको थियो । उनले एक रन बनाए ।




