
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि ६ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुने भएका छन् ।
एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए ।
आज शनिबार बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए ।
यसअघि पार्टीको १०औं महाधिवेशनका लागि ८ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएको थियो ।
एमालेको ११औं महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ ।
