
काठमाडौ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नाम राखेर मोर्चा घोषणा भएको छ ।
उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित मोर्चा घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले जेनजी फ्रन्ट गठन गरेको जनाएकी छिन् ।
उनको संयोजकत्वमा गठन भएको फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायत सदस्य रहेका छन् ।
जेनजी विद्रोहलाई संस्थागत गर्ने एजेन्डाहरू एकिकृत गर्ने र जेनजी विद्रोहसँगै गठन भएका विभिन्न जेनजी समूहरूलाई एकीकृत गर्ने उद्देश्य राखिएको संयोजक बमले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




