
काठमाडौं । एपेक नेपालले ‘एपेक राष्ट्रिय काव्य महोत्सव’ सम्पन्न गरेको छ ।
यो काव्यमहोत्सवमा सात प्रदेशका १४ कविको सहभागिता रह्यो ।

शनिबार काठमाडौंस्थित पर्यटन बोर्डमा काव्यमहोत्सव २०८१ आयोजना गरिएको हो । कवि तुलसी दिवसले ‘तुँवालो’ शीर्षकको कवितावाचन गर्दै महोत्सवको उद्घाटन गरेका थिए ।
उनले एपेक नेपालको कामको प्रशंसा गर्दै चुचुरामा पुग्न विस्तारै अगाडि बढ्नुपर्ने बताए । नेपाली कविता र साहित्य क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको महोत्सव आज समापन भएको हो ।






