
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धि विधेयक (टीआरसी)माथि प्रमुख तीन राजनीतिक दलबीच सैद्धान्तिक सहमति जुटेको छ ।
संक्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकले सैद्धान्तिक सहमति भएको हो ।
नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा उक्त संयन्त्रको बैठकमा सहभागी थिए ।

