
काठमाडौँ । नयाँ राष्ट कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ ।
आज मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने भएको छ । साथै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम रहेको छ ।
परम्परागत विधि अनुसार अब आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा चयन गरिएको थियो । उनी आज हुने विशेष समारोहपछि उनी कुमारी घरमा विराजमान हुनेछन् र परम्परा अनुसार पूजा–आराधना गरिनेछ । शहरका १५ बहालहरुका शाक्य कन्याहरु मध्ये बाट छनौट आर्यतारा शाक्यलाई नयाँराष्ट कुमारीको रूपमा घोषणा गरिएको थियो ।
आर्यतारा शाक्य अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी छोरी हुन् ।




