
काठमाडौं।सरकारले बन्द गरेको सामाजिक सञ्जाल प्लेटफर्महरू गए रातिदेखि नै खुल्न थालेको छ।
सोमबार काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा जेनजीले गरेको प्रदर्शनपछि बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्द गर्ने निर्णय भएका सामाजिक सञ्जालहरू गएरातिदेखि नै खुलाउने निर्णय भएको हो।
सरकारको निर्णयसँगै बन्द गरिएको फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर, युट्युब, ट्विटर, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिनइन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्ब्लर, क्लबहाउस लगायतका सामाजिक सञ्जालहरू चल्न थालेका हुन्।
सरकारले भाइबर, वि-टक, टिकटक, निम्बज र पोपोलाइभ, टेलिग्राम र ग्लोबल डायरी बाहेका सामाजिक सञ्जाल बन्द गरेको थियो।



