
काठमाडौ ।न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ ।
सोमबार भएको वार्तामा अहिले भएसम्मको फुटपाथ विस्तारलाई कायम राख्ने र बाँकी काम रोक्ने सहमति भएको छ । फुटपाथ विस्तारले पारेको प्रभाव र वडा नं २२ र २३ मा विस्तारबारे अध्ययन गर्न एक अध्ययन कार्यदल बनाउने सहमति भएको छ ।सुमनराज भण्डारीको नेतृत्वमा उक्त कार्यदल बन्ने सहमति भएको छ ।






