
पनौती,काभ्रे । जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.को छैठौं वार्षिक तथा एकीकरण संयुक्त साधारण
सभा भएको छ ।
तीन दिनसम्म चल्ने साधारण सभाको पहिलो दिन शनिबार उद्घाटन भएको हो ।
यसअघि पनौतीमात्र कार्यक्षेत्र भएको जनमैत्रीले बनेपामा कार्यक्षेत्र भएको स्वहितसँग एकिकरण गर्न लागेको हो ।
उद्घाटन शत्रमा प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालन कृष्णप्रसाद तिमल्सिनाले जनमैत्रीले आफ्ना शेयर सदस्यहरुको आर्थिक विकासको लागि मात्र नभएर सामाजिक दायित्वका कार्यहरुमा पनि सरिक भएकोमा खुशी लागेको बताए । इमान्दार मान्छेहरु नेतृत्वमा रहँदा सहकारी अभियान अगाडि बढ्दोरहेछ भन्ने पुष्टि पनि जनमैत्रीले गरेको उनको भनाई थियो ।

हिमालयन लिकि फाउण्डेशनका नेपाल प्रमुख पद्म बहादुर तामाङले फाउण्डेशन जनमैत्री र यसका महिला समूहको सक्रियता देखेर खुशी भएको बताउँदै आगामी केहीवर्षसम्म निरन्तर फाउण्डेशनले सहकार्य गर्ने बताए ।उनले फाउण्डेशनले वार्षिक १४ लाख बराबरको सहयोग गरी साझेदारीमा महिलाहरुको शसक्तिकरण कार्यक्रम गर्दै आएको पनि बताए ।

उद्घाटन कार्यक्रममा बरपिपल कृषि सहकारीका अध्यक्ष शालिकराम सापकोटा,जनइच्छा कृषि सहकारीका उपाध्यक्ष दिनेश तिमल्सिना लगायत उपस्थित कार्यक्रममा जिल्ला बचत संघका लेखा सुपरिवेक्षण संयोजक शिवप्रसाद आचार्य, जिल्ला बचत संघ काभ्रेका सञ्चालक पूर्ण सागर रंजित,एवान साकोसका ,अध्यक्ष सन्तबहादुर तामाङ लगायतले शुभकामना मन्तब्य राखे ।
साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रदीप सापकोटा,कोषाध्यक्ष तिर्थराज सापकोटा र सचिव श्यामहरि सापकोटाले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको उद्घाटन शत्रमा जनमैत्रीका विभिन्न २१ महिला समूहबीच उत्कृष्टताको आधारमा जनमैत्री संसारीदेवी महिला समूह प्रथम,जनमैत्री निउरेखोला महिला समूह द्धितिय,जनमैत्री बाँसुरीटोल महिला समूह तृतिय भएका छन् ।प्रमुख अतिथि लगायतले ती समूहहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरे ।

उद्घाटन सत्र साकोसका अध्यक्ष राजकुमार सापकोटाको अध्यक्षता एवं सचिव श्यामहरि सापकोटाको सञ्चालनमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले राखेका थिए ।
करिव ३हजार दुई सय शेयर सदस्य रहेको साकोसको कूल पूँजी ४० करोड,६५लाख ७६ हजार दुईसय अठहत्तर रहेको छ ।


