
काठमाडौँ। नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावित भएका ८८ जनाको हवाई उद्धार गरेको छ।
सेनाले रसुवा र नुवाकोट क्षेत्रबाट बाढीमा फसेका र घाइतेहरूको उद्धार गरेको हो।
‘हामीले ८८ जनालाई हवाई उद्धार गरेका छौँ,’ नेपाली सेनाले सञ्चार माध्यमलाई पठाएको सन्देशमा भनिएको छ।
सेनाले बाढी प्रभावित क्षेत्रमा बिहानदेखि नै हवाई उद्धार गरिरहेको छ। त्यस्तै नुवाकोटको बट्टारमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ।
साथै काठमाडौंबाट प्रभावितहरूका लागि खाद्यान्न र कपडाहरू समेत ढुवानी गरिरहेको छ।
