
काठमाडौं।नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई अघि सार्ने भएको छ ।
बिहान शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको उमेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि उनको स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरेको स्रोतले जानकारी दियो ।
न्यौपाने सुनुवाई समितिकी सभापति थिइन् । स्रोतले दिएको जानकारीअनुसार खतिवडालाई न्यौपानेको स्थानमा लैजाने तयारी छ ।




