
काठमाडौं ।केही दिन यता बंगलादेशमा आन्दोलन चलिरहेको छ । यो आन्दोलनमा थुपैै्र मानिसहरु मारिएका छन् । हुलदंगा बढीरहेको छ । राज्यले विभिन्न स्थानमा कफ्र्यू लगाएको छ । तसर्थ अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु असुरक्षित महसुस गरी शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् ।
हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन वा सम्बन्धित सीमामा पठाउन ढाकास्थित नेपाली दूतावासले समन्वय गरेको पनि परराष्ट्र मन्त्रालयले शनिवार साँझ बताएको छ ।






