काठमाडौ । नेपाल सरकारको अनुरोधमा भारतीय राष्ट्रिय विपद् रेस्पोन्स बलका १२ जना टोली दुर्घटनास्थल सिमलतालबाट नारायणीमा यात्रुहरुको खोजीमा आएका हुन् । भारतीय उद्धार टोली सुनौली नाका हुँदै चितवन आइपुगेको छ ।
टोलीले आजैदेखि काम थाल्नेराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । पानीमुनि खोजी गर्न प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित टोली आएको छ । भारतीय उद्धार टोलीले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका जानकारी प्राप्त भएको छ ।
एको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा हराएका हुन् ।