कविता
अन्तिम पटक
राजीव श्रेष्ठ
हरेक कुराको
अन्तिम समय आउँदो रहेछ
थाहै नपाई
म भावनामा बहकिंदै थिंए
अनायाश तिम्रो हात समाएछु,
थाहा थिएन – छाडेर जाँदैछु तिमीलाई
अब कहिल्यै भेटने छैन भनेर !
अन्तिम पल्टको
तिमिसितको त्यो भेट
तिमिसित साटेको मुस्कान
अनि त्यो रमाईलो कुराकानी
बोल्दाबोल्दैको तिम्रो त्यो आनाकानी
अञानमै मलाई छुस्स गालामा छुने तिम्रो बानी
अपशोच !
त्यो अन्तिम पटक
रहेछ,
उपहासमा त्यो अन्तिम पटक
ढोकैमा अडिएर
तिमी र मलाई
नियाली बसेको थियो
चूपचाप चूपचाप !!