
काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ बजारमा आएको छ ।
वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी,डा.नवराज लम्साल,डा.देवी नेपाल लगायतले आज काठमाडौंमा आयोजित कार्यक्रममा सौन्दर्यको भग्नावशेषको विमोचन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताउनुभयो । कवि अधिकारीले भन्नुभयो जीवन र जगतका सत्यहरुलाई एलिसाले सहज रुपमा कवितामा उतारेकी छिन् ।’अधिकारीले प्रेम र पीरतीमा डुबेका कविता आत्मिक पनि भएको बताउँनुभयो ।
कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरुमात्र होइन अवसएलिसाको शौन्दर्यको भग्नावशेष विमोचितद र असन्तुष्टीकाबीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने बताउनुभयो ।कवितामा मातृशक्तिको प्रचुरता र आमाप्रतिको समर्पण भाव,प्रेमको गहिरो स्पर्श,कविताहरु कोमलता र हार्दिक रहेको कुरामा जोड दिनुभयो । यसैगरि अर्का वक्ता कवि तथा प्राज्ञ डा. देवी नेपालले एलिसाका कविता सरल तर निकै गम्भीर रहेको बताउनुभयो । ‘प्रत्येक कवितामा आजका मानिसका आशा र वाध्यता सहित नयााँ स्वाद पढ्न सकिन्छ ।’ नेपालले भन्नुभयो ।पाठक तान्ने शक्ति कवितामा रहेको पनि उहाँले बताउँनुभयो ।
यसैगरि कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको प्यासेनले आफु संवेदित बनेको बताउनुभयो ।
कवि एलिसा ढुँगानाले आफुले मनले स्पर्श गरेका विषयहरुमा कविता लेख्ने प्रयास गरेको बताउँनुभयो ।
कार्यक्रममा चलचित्र निर्देशक एवं कवि राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा,मणि लोहनी लगायतले सौन्दर्यको भग्नावशेषभित्रका कविताहरु वाचन गर्नुभएको थियो । एईएम ग्रुपका प्रवन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य र सञ्चारको क्षेत्रमा काम गर्दै आएको एईएम ग्रुपले प्रकाशनको क्षेत्रमा पनि हात हालेको र सबैको सहयेग चाहेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन जितेन्द्र रसिकले गर्नुभएको थियो ।
एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ । वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठले आवरण बनाउनु भएको यस कृतिमा वरिष्ठ कविवर वैरागी काइँलाले भूमिका लेख्नुभएको छ ।



