
काठमाडौं।कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८१’ का लागि उत्कृष्ट पाँच आख्यान कृतिको सूची सार्वजनिक गरेको छ ।
समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको विज्ञप्तिअनुसार, छुदेन काविमोको उपन्यास ‘उरमाल’, पञ्चम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’, तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र श्रीधर खनालको उपन्यास ‘सावर्णि’ सूचीमा परेको छ ।
“यसअघि प्रकाशित १० उत्कृष्ट आख्यानकृतिको लामो सूचीमा यी सहित अन्य पाँच कृति समाविष्ट थिए । संक्षिप्त सूचीमा समाविष्ट पाँच कृतिहरूमध्येबाट अन्तिम चरणमा उत्कृष्ट एक कृतिको छनोट गरी उक्त कृतिलाई ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८१’ अर्पण गरिने छ ।”विज्ञप्तिमा भनिएको छ ।





