
काठमाडौं । राष्ट्रिय महिला आयोगले मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व कम भएको भन्दै असन्तुष्टि जनाएको छ ।
२२ सदस्यीय मन्त्रिपरिषदमा २ जना मात्र महिला सहभागी गराएर राजनीतिक दलहरुले संविधानको व्यवस्थालाई बेवास्ता गरेको र महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरेको आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले बताएकी छन् ।
आयोगको तर्फबाट विज्ञप्ती जारी गर्दै पराजुलीले राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने सम्बन्धी ब्यवस्था अनुसार नयाँ बनेको मन्त्रीमण्डलमा जम्मा २ जना अथवा ९ प्रतिशत मात्र महिला सहभागी गराइएकोमा सबैधानिक व्यवस्थालाई राजनीतिक दलहरुबाट बेवास्था गरिएको भन्दै आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।


