काठमाडौं । सरकारले त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि छिमेकीहरु भारत र बंगलादेशसँग सहयोग मागेको छ ।
आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेको बताइएको छ । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका विषयमा समेत जानकारी गराइएको छ ।