
काठमाडौं।साझा प्रकाशनबाट प्रकाशित हुँदै आएको ‘गरिमा’मासिकको ४०१औँ अंक बजारमा आएको छ।
सोमबार भानु जयन्तीको अवसर पारेर साझाले आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् हरिराम जोशी, कवि शेखर गिरि, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, उषा शेरचन, प्रा.डा. रमेश भट्टराई लगायतले पत्रिका सार्वजनिक गरे ।
वि।सं। २०३९ पुसदेखि विष्णुविभु घिमिरेको सम्पादनमा प्रकाशन आरम्भ भएको ‘गरिमा’ २०७९ कार्तिक महिनामा ४०० अंक प्रकाशित भए उप्रान्त प्रकाशनमा आउन सकेको थिएन ।
साहित्यकार शेखर गिरीको अध्यक्षतामा नयाँ निर्वाचित सञ्चालक समितिले मनोजादित्य न्यौपानेलाई गरिमाको सम्पादकीय जिम्मेवारी सुम्पिएपछि यसको पुनः प्रकाशन सुरु भएको हो ।
