
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा। ढुन्डिराज पौडेल नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।
डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए ।
काउन्सिलको अध्यक्षका रूपमा अब उनले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण तथा चिकित्सा शिक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस उत्तीर्ण गरेका छन् । त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए ।
