
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबीच केहीबेरमा छलफल हुनेछ । नेकपाका नेता कालीबहादुर मल्लका अनुसार विश्वासको मत, सत्ता समीकरण तथा आगामी सरकार सञ्चालनका विषयमा दुई दलबीच छलफल हुन लागेको हो ।
