
पोखरा । भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ पोखरा आएका छन् ।
पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा सेठले भारतीय भूतपूर्व सैनिक र उनका परिवारलाई भेट्ने अनि संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम छ ।
पोखरामा केही दिनअघि अग्निपथ अन्तर्गत अग्निवीर भर्ती पोखरामा भूपू सैनिकहरूले पोखरामा प्रदर्शन गरेका थिए । त्यसैले भूपू सैनिक र उनका परिवारले चासोका साथ हेरेका छन् ।
भारतीय सेनामा सेवा गर्दा घाइते बनेकाहरूलाई अपांगतामैत्री स्कुटर पनि वितरण गर्ने कार्यक्रम छ ।
