
असार २९, मृत्यु र अनित्यताको बारेमा चिन्तन गर्दा मनमा अलिकति उदासी आउँछ । धेरैजसो मानिसलाई लाग्छ, यसरी चिन्तन गर्नु राम्रो होइन — त्यस्तो कुरा किन सोच्नु जसले हामीलाई व्यथित तुल्याओस् ! तर सत्य भन्नुपर्दा, मृत्यु र अनित्यताको स्मरण गर्नु नै बुद्धिमानी हो । किनकि हामीले जति नकारे पनि मृत्यु त निश्चित रूपमा आउनेछ र त्योबेला आउनेछ जुनबेला हामी तयार हुँदैनौं । त्यतिखेर के गर्ने र त्यसपछि के हुन्छ नजान्दा हामीले ठूलो पीडा भोग्नुपर्नेछ ।
— द सेभेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ्, पृष्ठ २७ बाट








