काठमाडौं । आजभोलि गुरू पूर्णिमाका रुपमा मनाइने असार पूर्णिमाको उत्सव पहिले पहिले भगवान बुद्धले प्रथम धर्मचक्र प्रवर्तन (आफूले प्राप्त गर्नुभएको ज्ञान पहिलो पटक प्रदान )गर्नुभएको दिनका रुपमा मनाइने गरिएको बौद्ध गुरु विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे (रत्नश्री)ले जानकारी दिनुभयो ।
काठमाडौंको विशालनगरस्थित व्योम कुसुमा बुद्धधर्म संघमा गुरू पूर्णिमाको अवसरमा बिहिवार आयोजित कार्यक्रममा उहाँले यस्तो उक्त जानकारी दिनु भएको हो । “पहिले ७० प्रतिशत भन्दाबढी जनसंख्या बौद्ध रहेको दक्षिण एसियामा यो दिनलाई धर्मचक्र प्रवर्तन दिवसको रुपमा मनाउने चलन थियो,” रत्नश्रीले भन्नुभयो, “पछि बुद्धधर्ममाथि विभिन्न समयमा भएका दमनका कारण बौद्धहरु हिन्दूमा रुपान्तरण हुँदै जानेक्रममा यो दिनलाई गुरू पूर्णिमाको नाम दिएर मनाउन सुरु गरिएको हो ।”
उहाँ, सत्यको खोज गर्ने क्रममा वैदिकका साथै विभिन्न पद्धतिको अध्ययन र अभ्यास गर्दा तीबाट अन्तिम मुक्ती सम्भव नभएको र केवल शुद्धसिद्ध बौद्ध परम्पराबाट मात्रै सम्भव हुने देखी २२ वर्ष गुफावास बसी धर्मको अध्ययन र अभ्यास गरेका सिद्ध गुरु हुनुहुन्छ ।
व्योम कुसुमाले हरेक महिनाको पहिलो शनिबार भगवान बुद्धका शिक्षा जान्न र अभ्यास गरी आफ्नै जीवनमा परिवर्तनको महशुस गर्न चाहँनेहरुका लागि आधारभूत शिक्षण स्वरुप बोधी पुष्पाञ्जली शृंखला सञ्चालन गर्दै आएको छ । यस बाहेक धर्मको अभ्यासमा गहिरिन चाहँनेकालागि विभिन्न अभिषेक तथा शिक्षण र अभ्यास पनि गराउने गर्दछ ।
व्योम कुसुमाले हरेक महिनाको पहिलो शनिबार भगवान बुद्धका शिक्षा जान्न र अभ्यास गरी आफ्नै जीवनमा परिवर्तनको महशुस गर्न चाहँनेहरुकालागि विभिन्न अभिषेक तथा शिक्षण र अभ्यास पनि गराउने गर्दछ ।