
काठमाडौं, असार ६ गते। लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को आयोजनामा प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइज÷गल्र्समा जम्मा २० टिमको सहभागिता रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमको सहभागिता निश्चित भएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिए । ब्वाइज टिमलाई ४ तथा गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित आयोजकको कोर्टमा खेलाइने छ । पहिलो दिन समूह चरणअन्तर्गत २० खेल हुनेछ ।




