
काठमाडौं।नेकपा (एमाले)जनसंगठन संयन्त्रको बैठक सुरू भएको छ।
बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा सुरू भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले सम्बोधन गर्ने कार्यसूची छ।
बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा छन्।
पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिने कार्यक्रम भएको आयोजकले जानकारी दिएका छन् ।
