
जेठ २९ , रोगले पिरोलिएको व्यक्तिको दुःख वास्तवमै के हो भन्ने कुरा हामी त्यसै बुझ्न सक्दैनौं । जब हामी आफैँ बिरामी हुन्छौं, त्यतिबेला मात्र रोगको पीडालाई साँच्चिकै अनुभूति गर्न सक्छौं । राेगको पीडा आफैँले अनुभूति गरेको अवस्थामा हामीमा मैत्रीभाव र करुणा सजीव रूपमा विकसित हुनसक्छ । त्यसैले बिरामी भएको अवस्थालाई हामीले नैष्क्म्य र निष्ठा विकसित गर्ने अवसरका रूपमा लिनुपर्छ । त्यो बेला जप र ध्यानका अभ्यासहरू मन लगाएर गर्नुपर्छ । त्यसो गर्न सकेमा निःसन्देह ठूलो लाभ हुनेछ ।
(ए लाइफ अफ ह्यापिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ६५ बाट)







