
जेठ २३ , मैत्री र करुणा धर्म अभ्यासमा मात्र होइन,दैनिक जीवनमा पनि ज्यादै महत्वपूर्ण छन् ।मैत्री भनेको सबै सत्वप्राणी सुखी होउन् भन्ने कामना हो भने करुणा तिनीहरू दुःखबाट मुक्त होऊन्भन्ने चाहना हो ।
मैत्री र करुणाको विकास कसरी गर्ने ? त्यसका लागि हामीले आत्मग्राह (म, मेरोप्रतिको पकड) हटाउँदै अरूप्रति पनि आफूझैँ स्नेहको भाव राख्न सिक्नुपर्छ ।
( ए लाइफ अफ ह्यापिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ३८–३९ बाट)







