
जेठ २१ ,स्मृति र सम्प्रजन्य (होस) को अभ्यास भनेको हामी के सोचिरहेका छौँ र के गर्दैछौँ त्यसप्रति निरन्तर सजग भएर हेर्नु हो । राग, द्वेष र मोहजस्ता क्लेशहरू कहिले उत्पन्न हुन्छन्, थाहा पाउन गाह्रो हुन सक्छ, त्यसैले तिनीहरूको उपस्थिति स्मृति र सम्प्रजन्यको सहायता लिएर जाँच गर्नु आवश्यक हुन्छ । अप्रमाद हुनु भनेको, क्लेशहरू उत्पन्न भएको थाहा पाउँदा आफूलाई सचेत र सावधान रहन सम्झाउनु हो । हामीले अप्रमत्त (सावधान) रहँदै शुद्ध आशय कायम राख्न आवश्यक छ ।
( ए लाइफ अफ ह्यापिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ २४ बाट)







