
काठमाडौं ।गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको ‘कविता उत्सव–२०८२’ आयोजना गर्यो ।
उक्त कविता उत्सवमा विभिन्न कविहरूले आफ्ना कविता वाचन गरे ।
कविहरू श्रवण मुकारुङ, प्रोल्लास सिन्धुलीय, केशव सिलवाल, शकुन्तला जोशी, मिश्रामाया गुरुङ, विना थिङ, केवल बिनावी, रिमा केसी, अनिल श्रेष्ठ र सुरज रानाले नेपाली भाषामा कविता वाचन गरे ।
यसैगरी मैथिली भाषामा रुपा झा, नेपाल भाषामा रजनिमिला महर्जन, खस भाषामा ओम रिजाल, थारू भाषामा भूमिका थारू, डोट्याली भाषामा कर्णदयाल सोराडी, तामाङ भाषामा मुक्तान थेबा, थुलुङ भाषामा महेन्द्र थुलुङ राई र लिम्बू भाषामा भीमा खजुमले पनि कविता वाचन गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन कविका कविता र साहित्यकारका सिर्जनाले जनतालाई जागृत गराएको इतिहास रहेको उल्लेख गरे ।
यसैगरी भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले भोजपुरी भाषाको गीत दिलसे सोच प्रस्तुत गरे ।
कार्यक्रममा प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत,डा.कौशिला रिसाल लगायतले आफ्नो मन्तव्य राखे ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको समापन गर्दै कविता उत्सवमा वाचन गरिएका कविताको लेखन, भाषा र शैली जे भए पनि आजको गणतान्त्रिक चेतलाई आत्मसात् गरेको वताएको प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।



